"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष प्रचण्डको निर्देशन

प्रकाशित मिति :  6 February, 2024 12:57 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताए ।

चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रहका बारेमा माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरीले जानकारी दिइन ।

बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।
रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार