"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विवादित मन्त्रीहरुको राजीनामा माग्दै संसद्को बैठकमा एमाले र राप्रपाको अवरोध

प्रकाशित मिति :  23 February, 2024 12:30 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले  र प्रतिपक्षी दला राप्रपाको अवरोध प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेरका लागि स्थगित भएको छ ।

बैठक सुरु भए लगत्तै एमाले र राप्रपाका विवादित मन्त्रीहरुको राजीनामा लगायतका विषयमा प्रश्न उठाएको थियो । कांग्रेस सांसद राजेन्द्र केसीले प्रतिपक्षले नियतवस गणपुरक संख्या पुर्‍याउन नदिन बैठक छोडेको भन्दै कुरा उठाउपछि सुरुमै एमाले सांसदहरुले आपत्ति जनाएका थिए । त्यसपछि बोल्ने क्रममा एमाले सांसद योगेशकुमार भट्टराईले विवादित मन्त्रीहरुको राजीनामा पनि मागे ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विवादमा परेका भौतिक योजनामन्त्रीको राजीनामाको कुरा उठाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । संक्षिप्त समयमा सांसदहरुले बोलेपछि एमाले र राप्रपाका सांसदहरुले उठेर बैठक अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरे केहीबेरका लागि बैठक रोकेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट