"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज, यस्तो छ अंकगणित

प्रकाशित मिति :  12 March, 2024 12:05 pm


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि राष्ट्रिय सभा बैठक सुरू भएको छ।  मंगलबार बिहान सवा ११ बजेदेखि बैठक सुरू भएको हो।  राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल उम्मेदवार छन‍्। यस्तै नेपाली कांग्रेसको तर्फबाट युवराज शर्मा उम्मेदवार छन‍्। उनीहरूबीच प्रतिस्पर्धा हुँदैछ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी १८, कांग्रेस १६, एमाले १०, एकीकृत समाजवादी आठ, जसपा तीन, लोसपा एक, राष्ट्रिय जनमोर्चा एक, स्वतन्त्र एक सदस्य छन् । एकजना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ । पाँचदलीय गठबन्धनतर्फ माओवादी १८, एमाले १०, एकीकृत समाजवादी आठ, जसपा तीन गरी ३९ सदस्य छन् । विपक्षी गठबन्धनतर्फ कांग्रेस १६, लोसपा र जनमोर्चा एक–एक गरी १८ सदस्य खुलेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता