"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ माग्दै संसदमा कांग्रेसको नाराबाजी

प्रकाशित मिति :  15 March, 2024 4:49 pm


काठमाडौँ । सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीबाट जवाफ मागिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आइतबारका लागि स्थगित भएको छ ।

शुक्रबार निर्धारित समयमा बसेको बैठकमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । तर पुन: सुचारु भएको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाउन खोज्दा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक आइतबारका लागि स्थगित गरे ।

कांग्रेस सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई मन्त्री बनाएका विषयमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

शुक्रबारको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । कांग्रेसले बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि छलफल गर्नका लागि तयार रहेको तर विवादित मन्त्रीकोबारेमा प्रधानमन्त्रीले जवाफ नदिइकन अरु विषयमा सदन अघि बढ्न नसक्ने अडान लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार

काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे