"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको साझा न्यूनतम कार्यक्रम तयार

प्रकाशित मिति :  16 March, 2024 7:40 pm


काठमाडौँ । सरकारको साझा न्यूनतम  कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष साझा न्यूतनम कार्यक्रम प्रस्तुत गरिएको हो ।

सत्ता साझेदार दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए । कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट