"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वामपन्थी शक्तिबीच सहकार्यका लागि नयाँ समीकरण बनाएका हौं : प्रधानमन्त्री

प्रकाशित मिति :  17 March, 2024 11:11 am


पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् ।

आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो ।  एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’

नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको उनले दाबी गरे ।‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ  देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने ।

अर्को प्रसंगमा उनले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने पनि बताए । राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै उनले पूर्वदेखि पश्चिमसम्मसम्म उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाउने बताए । गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले लिने सम्भावना  पनि रहेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता