"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वामपन्थी शक्तिबीच सहकार्यका लागि नयाँ समीकरण बनाएका हौं : प्रधानमन्त्री

प्रकाशित मिति :  17 March, 2024 11:11 am


पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् ।

आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो ।  एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’

नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको उनले दाबी गरे ।‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ  देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने ।

अर्को प्रसंगमा उनले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने पनि बताए । राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै उनले पूर्वदेखि पश्चिमसम्मसम्म उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाउने बताए । गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले लिने सम्भावना  पनि रहेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट