"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले भने – लामिछानेको विषयलाई राजनीतिकरण नगरौँ

प्रकाशित मिति :  19 March, 2024 1:30 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीमा संलग्न देखिएमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन् । सुशासनमा आफूले सम्झौता नगर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो । 

कांग्रेसले संसद्मा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले लामिछानेको विषयलाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका थिए । ‘सुशासन कायम गर्ने सम्बन्धमा कुनै सम्झौता गर्दैन । आफ्नो र अरुको पार्टी भन्नेमा कुनै फरक गर्दैन,’ लामिछानेबारे प्रधानमन्त्रीले भने, ‘सहकारीको मुद्दा बुझाइसक्दासम्म उहाँको नाम केही छैन । अनुसन्धानबाट कैफियत देखिएमा उहाँलाई कारबाही गर्ने कुरामा पनि कसैले रोक्न सक्ने छैन ।’

प्रधानमन्त्री दाहालले उजुरी पर्दैमा राजीनामा गर्ने सहमति गर्न सकिन्छ त ? भनेर कांग्रेसलाई प्रश्न गरेका थिए । ‘ठाडो उजुरी दिनासाथ राजीनामा दिने सहमति गर्न सक्छौं त ?,’ उनले भने ।

लामिछानेको नाममा ती सहकारीबाट लिएको ऋण फर्च्छ्यौट भइसकेको कुरा आफूलाई जानकारी रहेको पनि प्रधानमन्त्रीले बताए । माओवादी र कांग्रेसको सरकार हुँदाताका नै लामिछानेको नामको ऋण फर्छ्यौट भइसकेको दाहालले जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा