"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाए

प्रकाशित मिति :  28 March, 2024 1:10 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । १८ चैत अर्थात् आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच संवैधानिक परिषद् बैठकबारे कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले अनलाइनखबरलाई जानकारी दिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट