"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महिलाहरूलाई अघि बढाएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ : सभापति देउवा

प्रकाशित मिति :  31 March, 2024 8:56 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूलाई अघि बढाएर बहुमत प्राप्त पार्टी बनाउन सकिने बताएका छन्। मंगलादेवी सिंह फाउण्डेसनले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अहिलेको संविधानअनुसार दलले एकल बहुमत ल्याउन सक्ने अवस्था नरहेको बताए।

‘महिलाहरूलाई सशक्तीकरण गर्दै अगाडि ल्याएर नेपालको ठूलो पार्टीमात्र होइन, बहुमतप्राप्त पार्टीका रूपमा स्थापित गर्न सक्छौं,’ सभापति देउवाले भने, ‘महिलाहरू सच्चा क्रियाशील भएमा हाम्रो पार्टी पनि पूरापूर बहुमत नै ल्याउन सक्ने पार्टी बनाउनेतिर लाग्नुपर्छ।’

सभापति देउवाले अहिले कांग्रेस ठूलो पार्टी रहे पनि एकल बहुमत भने नरहेको बताएका थिए। उनले कांग्रेसभित्र आपसी एकता चाहिने पनि बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका