"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस सांसद केसीको प्रश्न : एसपी बढुवामा पहिलो नम्बरका डीएसपी किन परेनन् ?

प्रकाशित मिति :  1 April, 2024 2:46 pm


काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एसपीमा बढुवा हुँदा पहिलो नम्बरमा रहेका डीएसपी किन छुटेको भन्दै प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले नेपाल प्रहरीका १२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट ८ जना प्रहरी उपरीक्षक (एसपी)मा बढुवा हुँदा सत्तागठबन्धनको सिण्डिकेटका कारण एक नम्बरका डीएसपी छुटेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘वरिष्ठलाई पाखा पार्ने कामले सरकारको सुशासनको रटानको धज्जी उडेको छ ।’

हालै प्रहरी प्रधान कार्यालयले डीएसपीबाट एसपीमा गरेको बढुवामा १२ नम्बरका डीएसपी विनोद घिमिरे पर्दा पहिलो नम्बरका प्रदीप क्षेत्री छुटेका छन् । यसले सरकारको भनाइ र गराइमा ठूलो भिन्नता देखिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २