"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

प्रकाशित मिति :  4 April, 2024 5:30 pm


काठमाडौँ । नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

त्यस्तै, बझाङ प्रदेशसभा-१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ‘भर्खरै बैठक सकियो । लामो छलफल र प्रयासपछि हामीले उम्मेदवार टुंगो लगाएका छौँ,’ उनले भने, ‘इलाम-२ मा डम्बरजी पहिले नै पाँच वर्षका लागि उम्मेदवार बन्नुभएको हो । उहाँ झिनो मतले पराजित हुनुभएको थियो । त्यसकारण उहाँलाई नै सर्वसम्मतरुपमा उम्मेदवार बनाउने निर्णय भएको छ ।’

खड्का इलाम जिल्ला सभापति हुन् । उनी ०७९ को निर्वाचनमा एमाले उपाध्यक्ष सुवासकुमार नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।एमाले उम्मेदवार नेम्वाङले ३० हजार २० मत ल्याउँदा तत्कालीन गठबन्धनका साझा उम्मेदवार खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

सभापति देउवाले बुधबारै इलाममा खड्का र बझाङमा सिंहको नाम उम्मेदवारका लागि प्रस्ताव गरेका थिए । तर नेता शेखर कोइराला पक्षले इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने भन्दै अडान लिएपछि निर्णय हुन ढिला भएको थियो ।मंगलबार र बुधबार दिनभर नेताहरुले छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका