"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डमा नैतिकता बाँकी छ भने सांसद पदबाट राजीनामा दिनुपर्ने बाबुरामको चुनौति

प्रकाशित मिति :  5 April, 2024 12:17 pm


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकता भए सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। प्रचण्डले गोरखा–२ बाट चुनाव जितेका थिए।

नेसपा र नेपाली कांग्रेससँगको गठबन्धनबाट चुनाव जितेका प्रचण्ड अहिले उक्त गठबन्धन छोडेर नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)समेत सम्मिलित गठबन्धनमा छन्। बाबुरामले एउटा गठबन्धनबाट चुनाव जितेर सांसद र अहिले अर्को गठबन्धनबाट प्रधानमन्त्रीको कुर्सीमा रहेको भन्दै प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

‘चुनाव–पूर्व (pre-election) गठबन्धन गरिसकेपछि जुनसुकै पार्टी वा पार्टीहरूसँग भए पनि कि त अर्को चुनावसम्म सोही गठबन्धनमा रहनुपर्छ कि बिचैमा गठबन्धन परिवर्तन गरे निर्वाचित पदबाट राजीनामा गरेर अर्को चुनाव गराउनुपर्छ। यो कानुनीभन्दा पनि राजनीतिक र नैतिक प्रश्न हो,’बाबुरामले बिहीबार गोरखामा भनेको प्रसंग जोड्दै भने,‘दलबदल संसदीय राजनीतिको विकल्पमा उन्नत लोकतन्त्र र समाजवादको निम्ति भीषण क्रान्तिको नेतृत्व गरेर आएका प्रधानमन्त्री प्रचण्डले गत निर्वाचनमा गोरखा–२ मा नेसपा र कांग्रेससँगको गठबन्धनबाट चुनाव जितेकाले अब कस्तो नैतिकता प्रदर्शन गर्नुहुन्छ जनता र इतिहासले अवस्य हेक्का राख्नेछ।’

बाबुरामले २०७२ सालमा माओवादी पार्टी त्याग गरेपछि सांसद पदबाट राजीनामा दिएका थिए। बाबुराम भन्छन्,‘२०७२ मा मैले माओवादी पार्टीबाट राजीनामा सँगसँगै संसद्बाट पनि राजीनामा दिएको थिएँ। त्यतिबेला अहिलेको राजनीतिक दलसम्बन्धी कानुन बनिसकेको थिएन। मलाई कानुनी बाध्यात्मक अवस्था थिएन। बरू मेरा गोरखा–१ का मतदाताहरूबाट नै संसद् नछोड्न दबाब थियो। तैपनि राजनीतिक संस्कार र नैतिकताको आधारमा संसदबाट राजीनामा दिएको थिएँ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका