"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

घलेगाउँमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल

प्रकाशित मिति :  5 April, 2024 12:56 pm


लमजुङ । पर्यटकीय सिजन सुरु भएसँगै समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँमा पर्यटकको चहलपहल बढेको छ। घलेगाउँमा अहिले दैनिक एक सयदेखि डेढ सय आन्तरिक र बाह्य पर्यटक आउन थालेका घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

पर्यटक आउन थालेपछि घरवास (होमस्टे)मा चहलपहलसँगै आम्दानी हुँदा घरवास सञ्चालक खुसी भएका छन्। ०५६ सालदेखि पर्यटन प्रवर्द्धनका कार्यक्रम सुरुवात गर्ने क्रममा ०५७ सालदेखि १२ घरबाट घलेगाउँमा होमस्टे सञ्चालन गरिएको थियो। घलेगाउँका एक सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ।

घलेगाउँमा बर्सेनि ३० हजार पर्यटक आउने घलेगाउँ पर्यटन व्यवस्थापन कार्यालयका सचिव दीर्घ घलेले जानकारी दिए। उनले भने, ‘पर्यटकको चहलपहल हुँदा प्रतिघरवास सञ्चालकले ५० हजारदेखि एक लाखसम्म मासिक आम्दानी गर्छन्।’ 

न्यानो आतिथ्यका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकर्षित गरेको छ। घलेगाउँमा नमुना चिया बगान, प्रांंगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेका छन् । 

आतिथ्यका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवामार्फत पर्यटकलाई आकर्षित गरेको छ। घलेगाउँमा दैनिक तीन सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ।

  • नयाँ पत्रिकाबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।