"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

घलेगाउँमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल

प्रकाशित मिति :  5 April, 2024 12:56 pm


लमजुङ । पर्यटकीय सिजन सुरु भएसँगै समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँमा पर्यटकको चहलपहल बढेको छ। घलेगाउँमा अहिले दैनिक एक सयदेखि डेढ सय आन्तरिक र बाह्य पर्यटक आउन थालेका घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

पर्यटक आउन थालेपछि घरवास (होमस्टे)मा चहलपहलसँगै आम्दानी हुँदा घरवास सञ्चालक खुसी भएका छन्। ०५६ सालदेखि पर्यटन प्रवर्द्धनका कार्यक्रम सुरुवात गर्ने क्रममा ०५७ सालदेखि १२ घरबाट घलेगाउँमा होमस्टे सञ्चालन गरिएको थियो। घलेगाउँका एक सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ।

घलेगाउँमा बर्सेनि ३० हजार पर्यटक आउने घलेगाउँ पर्यटन व्यवस्थापन कार्यालयका सचिव दीर्घ घलेले जानकारी दिए। उनले भने, ‘पर्यटकको चहलपहल हुँदा प्रतिघरवास सञ्चालकले ५० हजारदेखि एक लाखसम्म मासिक आम्दानी गर्छन्।’ 

न्यानो आतिथ्यका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकर्षित गरेको छ। घलेगाउँमा नमुना चिया बगान, प्रांंगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेका छन् । 

आतिथ्यका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवामार्फत पर्यटकलाई आकर्षित गरेको छ। घलेगाउँमा दैनिक तीन सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ।

  • नयाँ पत्रिकाबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा