"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक दर्जनभन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  21 April, 2024 7:41 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दर्जन भन्दा बढी एक दर्जनभन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन गर्न लागिएको बताएका छन्। आइतबार धनगढी विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा निर्णय गर्नेसमेत बताएका हुन्।

नेपालमा लगानीमैत्री वातावरण तयार पार्न ती ऐनहरू अध्यादेशमार्फत ल्याउन लागिएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘लगानीमैत्री वातावरण तयार पार्न हामीले क्याविनेटबाट केहि ऐनहरु अध्यादेशबाट ल्याउँदैछौं, लगानीकर्तालाई पनि र देशभित्रका निजि क्षेत्रलाई पनि आकर्षित गर्न र प्रोत्साहित गर्न सम्भवतः एक दर्जन ऐन अध्यादेशमार्फत् संशोधन गरेर ल्याउदैछौं, सोमबारको क्याविनेट बैठकबाट यसबारे आवश्यक निर्णय हुन्छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले आगामी बजेट पनि परम्परागत भन्दा पृथक हुने बताए। नीति कार्यक्रमको ड्राफ्ट तयार भइसकेको र बजेटबारे पनि छलफल चलिरहेको उनले बताए। ‘बढीभन्दा बढी वैज्ञानिक  र जनमैत्री बनाउने किसिमले तयारी भएको छ। नीति कार्यक्रम ड्राफ्ट भइसकेको छ बजेट पनि अन्तिम अन्तिममा छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार