"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक दर्जनभन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  21 April, 2024 7:41 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दर्जन भन्दा बढी एक दर्जनभन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन गर्न लागिएको बताएका छन्। आइतबार धनगढी विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा निर्णय गर्नेसमेत बताएका हुन्।

नेपालमा लगानीमैत्री वातावरण तयार पार्न ती ऐनहरू अध्यादेशमार्फत ल्याउन लागिएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘लगानीमैत्री वातावरण तयार पार्न हामीले क्याविनेटबाट केहि ऐनहरु अध्यादेशबाट ल्याउँदैछौं, लगानीकर्तालाई पनि र देशभित्रका निजि क्षेत्रलाई पनि आकर्षित गर्न र प्रोत्साहित गर्न सम्भवतः एक दर्जन ऐन अध्यादेशमार्फत् संशोधन गरेर ल्याउदैछौं, सोमबारको क्याविनेट बैठकबाट यसबारे आवश्यक निर्णय हुन्छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले आगामी बजेट पनि परम्परागत भन्दा पृथक हुने बताए। नीति कार्यक्रमको ड्राफ्ट तयार भइसकेको र बजेटबारे पनि छलफल चलिरहेको उनले बताए। ‘बढीभन्दा बढी वैज्ञानिक  र जनमैत्री बनाउने किसिमले तयारी भएको छ। नीति कार्यक्रम ड्राफ्ट भइसकेको छ बजेट पनि अन्तिम अन्तिममा छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता