"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

प्रकाशित मिति :  10 May, 2024 6:20 pm


प्रतिपक्षका सांसदहरु माग राख्दै विरोधमा काठमाडौँ, २८ वैशाख ः प्रतिनिधिसभाको चौथो अधिवेशनको पहिलो दिन शुक्रबार सुरू भएको बैठकमा सहकारी छानविन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षका सांसदहरू विरोध गर्दै । तस्बिर : रत्न ७नतसेष्ठ/रासस

काठमाडौँ । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो  ।

कांग्रेस महामन्त्री गगन थापालाई सभामुख देवराज घिमिरेले समय दिएपछि बोलेका थिए । त्यसक्रममा उनले संसदीय छानबिन समिति गठन नगर्दासम्म कुनै कारबाही अघि बढ्न नदिने घोषणा गरे । गृहमन्त्री रवि लामिछानेकाबारेमा अनेक प्रमाण रहेकोमा उनले महान्यायाधिवक्ताको कार्यालयलाई दुरुपयोग गरेको थापाले बताए ।

प्रतिनिधि सभाको बैठक सुरु भएपछि सभामुखले अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिए । त्यसपछि सभामुखले बैठकमा अधिवेशन सुरु भएकोमा त्यसबारे आफ्नो सन्देश सुनाएका थिए । नवनिर्वाचित सांसदहरूलाई बधाई दिएका थिए । त्यसपछि नियमित कार्यसूचीमा बैठक अघ बढाउन खोज्दा कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए । उनीहरूको विरोधपछि सभामुख देवराज घिमिरेले कांग्रेसका गगन थापालाई सुरूमा ३ मिनेट बोल्न समय छुट्याएका थिए । तीन मिनेटको समय कम भन्दै कांग्रेस सांसदहरूले विरोध गरे । त्यसपछि सभामुखले समय निर्धारण मैले गर्न कि तपाईंहरूले भन्दै जवाफ दिए ।

त्यसपछि बोल्ने समय पाएका कांग्रेसका गगन थापाले सदन चलाउने जिम्मा कांग्रेसले लिन नसक्ने भन्दै छानबिन समिति नबन्दा सम्म कुनै कारबाही अघि नबढ्ने धारणा राखे । थापाले बोलेपछि सभामुखले नियमित कार्यसूचीमा अघि बढ्न खोजेका थिए । त्यसपछि कांग्रेस सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए ।

कांग्रेस सांसदहरुले वेल घेरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा