"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपक्षी दलको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

प्रकाशित मिति :  21 May, 2024 2:21 pm


काठमाडौँ । विपक्षी दलहरूको अवरोधका बीच सत्ता पक्षले संसद्‍बाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पास गराएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले नाराबाजीसहित वेल घेरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सदनमा निर्णयार्थ पेस गरेका हुन् ।

प्रतिपक्षी दलको नाराबाजी चलिरहे पनि सभामुख घिमिरेले धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको सुनाएका हुन् । यसअघि जेठ १ गते नै प्रतिनिधिसभा बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद दिने कार्यसूची रहेको थियो । तर कांग्रेसले बैठक अवरुद्ध गरेपछि उक्त दिन सदनले धन्यवाद दिन सकेको थिएन ।

सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार