"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीलाई विश्वमै बौद्ध दर्शन अध्ययनको केन्द्र बनाऔं : प्रधानमन्त्री

प्रकाशित मिति :  23 May, 2024 1:48 pm


लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीलाई विश्वमै बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाउनुपर्ने बताएका छन् । बिहीबार बिहान बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित २५६८औं बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बौद्ध दर्शन अध्ययनको केन्द्र बनाउनकै लागि लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापना गरिएको पनि बताएका छन् ।

‘यसका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रभावकारी भूमिका जरुरी छ,’उनले भने, ‘विश्वविद्यालयको केही महिनाअघि बसेको १९ सभाले पनि यस्तै निर्णय गरेकाले त्यही अनुसार भूमिका खेल्न अनुरोध छ ।’ विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गरेर अगाडि बढाउन उनले अनुरोध गरेका थिए ।

शान्ति र वार्ताका माध्यामबाट विश्वमा शान्ति स्थापनाका लागि लुम्बिनीले सधैं सन्देश दिने गरेको उल्लेख गर्दै सन २००४ मा दोस्रो बौद्ध शिखर सम्मेलन आयोजना गरिएको स्मरण गरे । ‘त्यसयता शिखर सम्मेलन आयोजना सम्भव भइरहेको छैन,’उनले भने, ‘सरकारले छिट्टै तेस्रो शिखर सम्मेलन आयोजना गर्नेछ, त्यसका लागि तयार रहनुस् ।’ कार्यक्रममा लामो समयदेखि सम्भावित विश्व सम्पदा सूचीमा रहेको कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा अंकित गर्न लागि मनोनय दर्ता गरिसकिएको जनाए ।

‘उक्त मनोनयन पूरा गर्न सघाउन सम्पूर्ण राष्ट्रलाई सहयोगका लागि अनुरोध छ,’उनले भने, ‘संयुक्त राष्ट्रसंघको ४७ औं महासभाले टुंगो लगाउने भएकाले सहयोगको अपेक्षासहित आह्वान गरेका छौं ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट