"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शीर्ष नेता बैठक : बालेनप्रति ओलीको आक्रोश

प्रकाशित मिति :  4 June, 2024 12:04 pm


फाईल तस्विर

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग संवाद गरेका छन् ।

पूर्वाधार विकासको विषयलाई लिएर एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एकअर्काबीच प्रतिशोध देखाएका छन्। मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी स्टेट प्रकरणमा जोडे। उनले ओलीको नामै किटेर १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्याउन चेतावनी दिए।

दिउँसो एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेनसँगै सोध्न आग्रह गरे। संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘गिरीबन्धु टी इस्टेटबारे प्रश्न उठिरहेको छ नि’ भन्ने प्रश्नमा उनले जबाफ फर्काए, ‘बालेनलाई सोध्नू।’

संसद्‌भवनबाट बाहिरिएपछि ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए। शीर्ष तीन नेताबीच भएको छलफलमा ओली जंगिएका थिए, ‘अराजकतालाई मौन बसेर कतिन्जेल ढाक्न सकिन्छ!’

नेताहरूका अनुसार ओली नै गम्भीर रुपमा विषय राखेपछि मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको विषयमा तीन नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले बताए। ओलीले गम्भीरतापूर्वक विषय उठाए तापनि प्रचण्ड र देउवाले हल्का रूपमा लिनुपर्ने बताएका थिए।

‘बालेनलाई किन महत्त्व दिइरहने? उनलाई मिडियाले नेता बनाएका हुन् तर उनीहरू नै मिडियालाई गाली गर्छन्। मिडियाले भगवान् बनाएकाहरूको आलोचना हुँदा समर्थकहरू भड्किन्छन्। उल्टै मिडियाविरुद्ध खनिन्छन्’, प्रचण्डलाई उधृत गर्दै ती अधिकारीले भने।

कांग्रेस सभापति देउवाले नयाँ दल र स्वतन्त्रका नाममा भएको गतिविधिलाई सोही रूपमा लिनुपर्ने बताएका थिए। बाँकी सरकारले नै सोच्ने विषय भएको भनेर उनी पन्छिए। त्यसपछि देउवा र प्रचण्डसँग आफ्नो विषयलाई कम महत्त्व दिएको भन्दै ओली जंगिएका हुन्। उनले अराजकता नियन्त्रण गर्न दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राखे।

यसअघि बालेनले सिंहदरबारमा आगो लगाउँछु भनेपछि बालेनमाथि कारबाही गर्न सकिने उपायबारे शीर्ष नेताहरूले छलफल गरेका थिए। बालेनलाई चलाउँदा झन् नकारात्मक सन्देश जाने भएपछि प्रधानमन्त्री प्रचण्ड हच्किएका थिए।

प्रचण्डले सोमबार बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए।नेपालसँगको भेटमा बालेनको विषय नउठेको नेताहरू बताउँछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट