"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

प्रकाशित मिति :  ५ चैत्र २०७८, शनिबार १६:२३


फोटो स्रोत गुगल

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि दुई दिन तोकेको छ । आयोगको शुक्रबार बसेको बैठकले वैशाख ११ र १२ गते उम्मेदवारी दर्तागर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ ।

स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीहरुले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचार संहितामा गरिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार १२ गते उम्मेदवारहरुको नामावलीको सूचि प्रकाशित हुनेछ भने १३ गते दावी विरोधको समय निर्धारण गरिएको छ । १४ र १५ गते त्यो दावीविरोध उपर निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्नेछ भने १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

१७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

त्यसपछि निर्वाचन प्रचारप्रसारको काम उम्मेदवारहरुले सुरु गर्ने समय निर्धारण गरिएको आयोगका प्रवक्ता पौडेलले बताए । अर्थात उम्मेदवारले औपचारिक रुपमा निर्वाचन प्रचारका लागि ११ दिनको समय पाउने छन् । किनकी ३० गते मतदान हुने भएपनि मौन अवधि २७ गते मध्य रातिबाट लागू हुनेछ ।

राजनीतिक दल र सरोकारवाला निकायहरुको परामर्शमै उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने प्रावधान राखिएको आयोगका प्रवक्ता पौडेलले बताए । थानीय तहमा बहालवाला पदाधिकारीहरुले पदीय हैसियत दूरुपयोग गरेर निर्वाचनलाई प्रभावित नपारुन् भन्नका लागि पनि यो प्रावधान राख्नु परेको उनको थर्क छ ।

प्रवक्ता पौडेल भन्छन्, ‘ पदाधिकारी कायम रहेका व्यक्ति उम्मेदवार हुँदा पदीय हैसियत प्रयोग गरेर निर्वाचन प्रभावित हुन्छ कि भन्ने आंकलन गरेर यो व्यवस्था गरिएको हो । उम्मेदवार हुने सबैलाई इक्वेल फिल्ड उपलब्ध गराउने यसको उद्देश्य हो ।’







प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको क्षमता प्रभावकारी नदेखिए परिवर्तन हुनसक्ने चेतावनी दिएका छन् । बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढंगले नीति तर्जुमा गरिने बताएका छन्। सातौँ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् । प्रधानमन्त्री तथा

काठमाडौँ – सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।