"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुगमले बंगुर पालेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै

प्रकाशित मिति :  18 July, 2024 12:40 pm


भोजपुर – भोजपुर पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई व्यावसायिक पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनी व्यावसायिक बुंगुरपालन र फलफूलखेती गर्दै आएका छन् ।

उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बुंगुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् । बुंगुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बुंगुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए । राईको फार्ममा अहिले ४१ वटा बुंगुर छन् ।

भविष्यमा बुंगुरपालन तथा फलफूलखेतीबाट वार्षिक ५० देखि ६० लाख रुपैयाँसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको राईले बताए । विदेशमा सात वर्ष बिताएर फर्किएका उनले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको सुनाए । ‘वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ’,   उनले भने ।

स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने राई बताउँछन् । आफ्नो फार्ममा उत्पादन भएका बुंगुर खरिद गर्न ठेकेदार घरमा आउने उनले सुनाए । उनले फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बुंगुरलगायत पालन गरिरहेका छन् ।

फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बुंगुर छन् । ‘बुंगुर बिक्रीको कुनै समस्या छैन’, उनले भने, ‘ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उहाँको धारणा छ । बुंगुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्

काठमाडौँ– राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत