"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारीपीडितद्धारा रत्नपार्कमा मानव साङ्लो प्रदर्शन

प्रकाशित मिति :  १७ श्रावण २०८१, बिहीबार १४:२८


काठमाडौँ – सहकारीपीडितले रत्नपार्क र टुँडिखेलमा बिहीबार मानव साङ्लो प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को नेतृत्वमा रत्नपार्क तथा टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको हो ।

विभिन्न चरणका आन्दोलनमा गरिएको सहमतिअनुसार पीडितले पैसा नपाएको भन्दै सहकारीपीडित प्रदर्शनमा उत्रिएका हुन् । सरकार मुकदर्शक र संवेदनहीन देखिएको पनि उनीहरूको आरोप छ ।

करिब तीन महिनादेखि लगातार आन्दोलनमा रहेका पीडितहरूले सहकारीमा फसेको आफ्नो रकम फिर्ता ल्याउन कुनै काम नभएको भन्दै आन्दोलन गरेका हुन्। गत जेठ १० गतेदेखि उनीहरू लगातार आन्दोलनमा बसेका छन्।  

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा आबद्ध रहेर मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले आन्दोलनमा समर्थन जनाउँदै आएका छन्। 

महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ। 

यसअघि गत चैत ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र पीडितहरूबीच समस्या समाधानको लागि सहमति भएको थियो।

पीडितहरूबाट सहभागिता रहने गरी अधिकार सम्पन्न छानबिन समितिको गठन गर्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई सुदृढीकरण गरेर समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन गरेर पीडितहरूको बचत फिर्ता गर्ने लगायतका सम्झौता भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम