"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा 

प्रकाशित मिति :  25 March, 2022 12:47 pm


काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल उत्रँदै छन् । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै वाङ नेपाल आउन लागेका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङले गर्न लागेको नेपाल भ्रमणका क्रममा दुई मुलुकबीच भएका पुराना सम्झौतालाई कार्यान्वयनको तहमा लान करिब एक दर्जन विषयमा सम्झौता गर्ने गृहकार्य भइरहेको छ । सम्झौता गर्ने विषयमा नेपालस्थित दूतावाससँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ गर्न आग्रह गरेको छ । नेपालले त्यस विषयमा बिहीबार बेलुकीसम्म कुनै निर्णय नगरेको स्रोतको भनाइ छ । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म त्यसबाट कुनै लाभ लिन सकेको छैन । बीआरआई अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ अत्यन्तै महत्त्वपूर्ण रहेको चिनियाँ दूतावासका एक अधिकारीले बताए ।

विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । उनले प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । संघीय संसद्बाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गरेको एक महिनाभित्रै चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार

काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले