"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा 

प्रकाशित मिति :  25 March, 2022 12:47 pm


काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल उत्रँदै छन् । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै वाङ नेपाल आउन लागेका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङले गर्न लागेको नेपाल भ्रमणका क्रममा दुई मुलुकबीच भएका पुराना सम्झौतालाई कार्यान्वयनको तहमा लान करिब एक दर्जन विषयमा सम्झौता गर्ने गृहकार्य भइरहेको छ । सम्झौता गर्ने विषयमा नेपालस्थित दूतावाससँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ गर्न आग्रह गरेको छ । नेपालले त्यस विषयमा बिहीबार बेलुकीसम्म कुनै निर्णय नगरेको स्रोतको भनाइ छ । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म त्यसबाट कुनै लाभ लिन सकेको छैन । बीआरआई अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ अत्यन्तै महत्त्वपूर्ण रहेको चिनियाँ दूतावासका एक अधिकारीले बताए ।

विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । उनले प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । संघीय संसद्बाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गरेको एक महिनाभित्रै चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराइएको छ। निर्वाचन