"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कृष्णकुमार श्रेष्ठ र प्रेम आले एमाले जाने हल्ला मात्र : माधव नेपाल

प्रकाशित मिति :  27 March, 2022 7:05 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताए । उनले भने, ‘मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे, एमाले प्रवेश गर्ने भनेर हल्ला चलाइयो । अब त्यो भ्रम पनि रहेन ।’

नेपालले अहिले एमाले छाड्ने र नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबीसमेत गरे । ‘अहिले भर्खरै मात्रै एमाले परित्याग गरेकाहरुलाई केन्द्रीय कार्यालयमा शपथ ग्रहण गराएँ । यसरी एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

काठमाडौँ – मालपोत कार्यालय, धनकुटाको तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

विराटनगर – मोरङका प्रहरी उपरीक्षक कवित कटवालले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कोहीकसैसँग सम्झौता नगरिने बताएका छन्। मोरङ जिल्लामा सरुवा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। आइतबार जिल्ला शिक्षा अधिकारी