"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कृषि अनुदान दुरूपयोग गर्नेहरूको नाम सार्वजनिक गर्छौं : मन्त्री अधिकारी

प्रकाशित मिति :  25 August, 2024 5:59 pm


काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरूपयोग गर्नेहरूको नाम सार्वजनिक गर्ने बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले कृषि अनुदानको व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल मन्त्रालयले अनुदान लैजानेहरूको नाम सार्वजनिक गर्ने बताए।

‘अनुदान कुम्ल्याउने तर जरो किलो पनि नहुनेलाई कानुनको दायरामा ल्याइनेछ,’ मन्त्री अधिकारीले भने, ‘कतिपय अनुदानग्राहीले प्राविधिक सेवा नपाएर उत्पादनमा ह्रास आउने र कृषि पेसा टिकाउन नसक्नेका लागि मन्त्रालयले प्राविधिक सेवालाई तीनै तहबाट विस्तार गर्नेछ, राम्रो गर्नेलाई थप प्रोत्साहन गरिने छ।’

मन्त्री अधिकारीले किसानको वर्गीकरण गरेर किसान कार्ड वितरण छिट्टै गरिने पनि बताए। ‘किसानलाई प्रोत्साहन गर्न अनुदानलाई किसान सूचीकरणसँग जोडी प्रभावकारी बनाउँछौं,’ उनले भने।

उनले विषादीमुक्त उत्पादन गर्न किसानलाई थप सहुलियत दिने गरी कृषि नीतिसहित अन्य कानुनहरू संशोधनका लागि गृहकार्य अघि बढाएको पनि बताए। ‘कृषि क्षेत्रका सेवा सुविधा तथा सहुलियतलाई डिजिटलाइजेसन गरी पारदर्शी बनाइनेछ,’ उनले भने।

फरक प्रसंगमा मन्त्री अधिकारीले दुग्ध किसानले पाउनु पर्ने बक्यौता रकम उपलब्ध गराउन थालिएको बताए। ‘अहिलेसम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको छ। बाँकी १ अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानको हात हातमा पुर्‍याइनेछ,’ उनले भने, ‘उखु किसानहरूको बारेमा पनि मन्त्रालय जानकार छ। दशैंअघि नै रकम उपलब्ध गराउन मन्त्रालयले गृहकार्य थालेको छ। एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ।’

मन्त्री अधिकारीले देशको ३०.९१ लाख हेक्टर जमिनमा मात्र खेती भएको र १०.३० लाख हेक्टर खेती योग्य जमिन अहिले पनि बाँझो रहेको जानकारी दिए।  उनले कोदो, फापर, गहत, चिनो, कागुनो जस्ता रैथाने उत्पादन एवं मही, पनिर जस्ता दुग्धजन्य उत्पादनलाई मन्त्रालयले प्रोत्साहन गर्ने नीति बनाएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने