"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यसै बर्ष ८.३ प्रतिशतले बढे विदेशी पर्यटक

प्रकाशित मिति :  2 September, 2024 2:04 pm


काठमाडौँ – सन् २०२४ को अगस्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ। नेपाल पर्यटक बोर्डको तथ्यांकअनुसार सन् २०२३ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ पर्यटक बढी नेपाल भित्रिएका हुन्।

सन् २०२३ को अगस्टमा कुल ६७ हजार १५३ पर्यटक नेपाल आएकामा सन् २०२४ को अगस्टमा ७२ हजार ७१९ जना नेपाल भित्रिएका छन्। अगस्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन्।

बोर्डका अनुसार सन् २०२२ को अगस्टमा ४१ हजार ३०४, सन् २०२१ को अगस्टमा ६ हजार ९३ र सन् २०१९ को अगस्टमा ९४ हजार ७४९ विदेशी पर्यटक नेपाल आएका थिए। रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा