"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री देउवा चैत १८ देखि २० सम्म भारतको भ्रमण गर्ने

प्रकाशित मिति :  28 March, 2022 2:48 pm


फाईल फोटो

काठमाडौँ । नेपाल र भारत दुवैले प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने औपचारिक दिल्ली भ्रमणको तालिका सार्वजनिक गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार देउवाको साथमा उनकी पत्नी आरजु देउवासमेत हुने छन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का र अन्य मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ र

देउवाले पाँचौ पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन् । यसअघि उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन जान लागेका थिए । तर कोभिड–१९ का कारण उक्त कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैंकैया नायडूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीसँग औपचारिक रुपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । देउवाले भ्रमणकै दौरान उत्तर प्रदेशको धार्मिक सहर बनारसको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम रहेको छ ।

एक मन्त्रीका अनुसार सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले देउवाको तीन दिने भारत भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री देउवा चैत २० गते स्वदेश फर्कने छन् । नेपालमा चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले तीन दिने भ्रमण गरेलगत्तै देउवा भारत भ्रमणमा निस्कन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार

काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे