"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपद्‍बाट प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न सिफारिस

प्रकाशित मिति :  4 October, 2024 6:37 pm


काठमाडौं – राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

सम्भवत शुक्रबार नै बस्ने मन्त्रिपरिषद बैठकले कार्यकारी समितिको सिफारिस अनुसार विपद प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने प्राधिकरण स्रोतको भनाइ छ ।

पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको प्राधिकरण स्रोतको भनाइ छ ।

ती स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी