"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सी जिनपिङ र मोदीबीच ब्रिक्स सम्मेलनमा भेटवार्ता

प्रकाशित मिति :  23 October, 2024 11:08 pm


काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो । दुई नेताबीच करिव ५० मिनेट कुराकानी भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको तस्वीर एक्समा पोष्ट गर्दै भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘…दुई देशका नागरिकका साथै क्षेत्रीय र विश्व शान्तिका साथै स्थिरताका लागि भारत र चीनको सम्बन्ध महत्वपूर्ण छ । आपसी विश्वास, आदर र संवेदनशीलताले नै दुबै देशको द्वीपक्षीय सम्बन्धको बाटो देखाउने छ ।’

भारतीय विदेश मन्त्रालयका अनुसार भेटमा दुबै नेताले एलएसी अर्थात दशगजा क्षेत्रबाट सैनिक हटाउने र २०२० मा सुरु भएको विवाद समाधान गर्ने सहमतिको स्वागत गरेका छन् । मोदीले दुबै देशको बीचमा रहेको विवाद र मतभेद हल गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै सीमा विवादमा दुबै देशबीच विशेष प्रतिनिधिबारे समेत सहमति भएको छ, जसले सीमामा शान्ति कायम गर्न र पारस्परिक रुपमा स्वीकार्य समाधानको खोजी गर्ने छन् । दुई देशका विदेश मन्त्रीस्तरीय सम्बन्धलाई पुनः अगाडि बढाउन पनि सम्वाद सुरु गरिनेछ ।

चिनियाँ विदेश मन्त्रालयले पनि दुबै देशको आपसी सम्पर्क र सहयोग बढाउने र असहमति तथा मतभेदलाई समझदारीका साथ सुल्झाउन दुई नेताले जोड दिएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको

काठमाडौँ – सरकारले विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ। आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओलीको पालामा नियुक्ति

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चीनियाँ राजदूत छन् सोङबीच गृह मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।