"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा महाधिवेशनको ढिलाइका कारण संसदको बैठक प्रभावित

प्रकाशित मिति :  26 June, 2026 5:15 pm


काठमाडौँ — प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष कारणवश उक्त समयमा बैठक बस्न नसक्ने भएपछि बैठक आइतबारका लागि सारिएको हो।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले अब प्रतिनिधि सभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरेका हुन्।

यसअघि सभामुख डोल प्रसाद अर्यालले रास्वपा महाधिवेशनका कारण बैठक शनिबारका लागि सारेका थिए। तर शनिबार पनि विपक्षी दलका विभिन्न कार्यक्रम हुने भएकोले आइतबारका लागि बैठक बोलाइएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभाबाट पारित भई आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ।  प्रतिनिधि सभाको बैठक बिहिबार बिहान

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले २००७ सालयता भएका आन्दोलन र बलिदानीहरूको स्मरण गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा उनले २००७,

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । चितवनको भतरपुरमा आजदेखि सुरु