"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने प्रधानमन्त्री ओलीको घोषणा

प्रकाशित मिति :  27 October, 2024 2:51 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने तयारीमा रहेको बताएका छन् । काठमाडौंमा आइतबारदेखि सुरु भएको दुई दिने एआईसम्बन्धी सम्मेलनमा बोल्दै उनले एआईसँगै अन्य सूचना प्रविधिलाई विकास, विस्तार र व्यवस्थापन गर्न  सरकार निजी क्षेत्र र नागरिक समाजबीच समन्वय र समझदारी आवश्यक रहेको उल्लेख गरे ।

अमेरिकाका विश्वविद्यालयहरूमा सूचना प्रविधि अध्यापनसमेत गराउँदै आएका नेपाली व्यवसायी समीर मास्केसँगको उद्घाटन सत्र अन्तरक्रियाका क्रममा प्रधानमन्त्री ओली र मास्केले एक-अर्कालाई डिजिटल नेपाल फ्रेमवर्क, नागरिक एप, सार्वजनिक सेवामा सूचना प्रविधिको आबद्धततासँग एआईसम्बन्धी विभिन्न प्रश्न गरेका थिए । यसै क्रममा प्रधामन्त्री ओलीले एआई सम्बन्धी रणनीतिक योजना र नीतिगत व्यवस्था तर्जुमा गर्न खोजिरहेको जानकारी दिएका थिए ।

‘हामी एआईसम्बन्धी संस्थागत रणनीतिक योजना, यससम्बन्धी नेपालको राष्ट्रिय नीति के हुनसक्छ भन्ने विषयमा अगाडी बढ्छौं,’ उनले भने, ‘देश विकास, समाजको सुविधा र अग्रगमनका लागि हामी एआईको सदुपयोग गर्छौं ।’

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक कन्फेरेन्स’ मा शिक्षा, स्वास्थ्य, कृषि, अटोमेसन, पर्यटन, जलवायू परिवर्तन, सुशासन र राजनीति लगायत क्षेत्रमा एआईको सदुययोगबारे छलफल गरिने गरी विषयवस्तु समावेश गरिएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई एआई शिक्षाको केन्द्र बनाउने इच्छा रहेको धारणा राखे ।

‘हामीले सरकारी कार्यालयहरूलाई कागजरहित बनाउँदै गएका छौ‌, सबै कार्यालयमा एआईको प्रयोग होस् भन्ने चाहेका छौं,’ ओलीले भने, ‘एआईलाई उत्कृष्ट नक्कल गर्ने, चमत्कारिक प्रविधिका रूपमा सीमित गर्नु हुँदैन, यसले अनेक ठाउँबाट जोडेको ज्ञानको सदुपयोग गर्नुपर्छ । यसले मान्छेको भविष्यलाई नै खतरामा पार्छ कि भन्ने जुन डर छ त्यो सही होइन । प्रविधिको रिमोट त मान्छेकै हातमा हुन्छ ।’

प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सूचना प्रविधि र एआईसमेतको प्रयोगबाट सेवा प्रवाह र नतिजा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा आफूहरूले काम सुरु गरेको दाबी गरे । नेपालमा स्टिम एजुकेसन भनिने विज्ञान, गणित, प्रविधि, इन्जिनियरिङ क्षेत्रमा डिजिटल प्रविधिकव प्रयोग गरेर विद्यार्थीहरूको सिकाइ सुधार गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको एआईसम्बन्धी राष्ट्रिय नीति निर्माण गर्ने योजनाको प्रशंसा गर्दै कम्प्युटर वैज्ञानिक मास्केले त्यसो हुन सके नेपाल एआईको क्षेत्रमा विश्वमै उदहारण बन्न सक्ने प्रतिक्रिया दिए । एआईलाई शिक्षामा समावेश गर्न सके नेपाल एआई सिकाइको हब बन्न सक्ने मास्केको धारणा थियो । ‘हामी आफैंले पनि सानो तहमा सात वर्षअघिदेखि नै फ्युजमेसिन्स एआई फेलोसिप सञ्चालन गरिरहेका छौं र थुप्रो विद्यार्थीले भाग लिइरहेका छन्,’ मास्केले भने, ‘यसबाट हाम्रो अनुभव के छ भने नेपालका सबै विद्यार्थी विश्वस्तरमा कम छैनन् तर स्रोतसाधन र सीपको थोरै अभाव छ यहाँ ।’

एआईसम्बन्धी नेपालको राष्ट्रिय नीति र कानुन कस्तो बनाउनुपर्छ भन्नेबारे प्रतिकृया दिने गरी र एआईको वैध प्रयोग एवं अवसरहरू पहिल्याउन यो सम्मेलन आयोजना गरिएको गरिएको युवा संघका अध्यक्ष क्षितिज थेबेले बताए । यसमा सरकारको एआईसम्बन्धी अवधारणा पत्रका आधारमा १० वटा विषयगत सत्रहरू सम्मेलनमा राखिएको र विभिन्न देशका १ सय १ जना विषय विज्ञलाई वक्ताका रूपमा उपस्थित गराएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने