"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समस्याग्रस्त सहकारीमा ३९ अर्ब ९३ करोड वढी माग दावी, १ अर्ब ५१ करोड फिर्ता

प्रकाशित मिति :  29 October, 2024 7:13 pm


काठमाडौँ- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ हजार ५९३ बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता गरेको छ। मंगलबार आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले केही बचतकर्तालाई बचत फिर्ता गरेको बताएका हुन्। 

 ६२ हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ माग दाबी परेकामा १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता भएको हो।

फिर्ता रकममध्ये १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार ७१५ रुपैयाँको हिसाब राफसाफ भएको हो। दाबीमध्ये थप ३ करोड १ लाख ९९ हजार रुपैयाँ पाएकाहरूको रकम आंशिक मात्रै भएको समितिले जनाएको छ।

अहिलेसम्म तीन वटा सहकारीको राफसाफ भएको जनाएको छ। समितिले आव २०८१/८२ असार मसान्तसम्म थप ९ वटा सहकारी संस्थाको बचत फिर्ता तथा हिसाब राफसाफ गर्ने लक्ष्य रहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी