"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

प्रकाशित मिति :  22 December, 2024 12:48 pm


जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान काठमाडौँ, ७ पुसः प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान प्रदान गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट संघका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिएका हुन्।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो।

प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन भन्ने कामना पनि गरे।

‘यो सम्पूर्ण नेपालीको जित हो, नेपाली क्रिकेटको जित हो, प्रतियोगितामार्फत तपाईंहरुको असाधारण क्षमता देखिएको छ। उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन गर्‍यो, कठोर चुनौतीको सामना गर्दै जित हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘आगामी दिनमा अझ ठूला सफलता हासिल गर्नका लागि म शुभकामना दिन्छु।’

आफू प्रधानमन्त्री भएपछि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिसम्बन्धी पहिलो निर्णय गरेको उल्लेख गर्दै उनले यसका लागि बोलपत्र आह्वान भइसकेको बताए।

उनले नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने बताए। त्यस अवसरमा नेपाल क्रिकेट संघ र खेल व्यवस्थापकले नेपालमा विदेशी खेलाडी ल्याउन र खेल क्षेत्रमा विदेशी लगानी वा सहयोग ल्याउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए।

जबाफमा प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका राम्रा खेलाडीको श्रम स्वीकृतिसम्बन्धी झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गरे।

जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरूलाई खुसी भएको प्रतिक्रिया दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्समाथि शानदार जित निकाल्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ। शनिबारको भएको खेलमा अपराजित

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौं – आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन