"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कस्ता थिए सन्तनेता कृष्णप्रसाद भट्टराई ?

प्रकाशित मिति :  23 December, 2024 12:53 pm


काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती आज मनाइँदै छ । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेता भट्टराईको जन्मजयन्ती मनाउन लागेका हुन् ।

विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।

विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेको स्वामी आनन्द अरुण स्मरण गर्छन् ।  प्रधानमन्त्री भएका बेला काठमाडौंमा ओशो तपोवनको उदघाटन भट्टराईले नै गरेका थिए । जीवनकालमा भट्टराई पटकपटक ध्यान गर्न त्यहाँ पुग्ने गर्दथे ।

स्वामी आनन्द अरुण भट्टराईलाई आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा सम्झना गर्दछन् । तत्कालीन सरकारले तयार पारेको  कागजातमा हस्ताक्षर गरेर बिपी कोइराला र गणेशमान सिंह सुन्दरीजल बन्दीगृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बसेको उनेको स्मृतिमा ताजै छ । सन्तनेता भट्टर्राईको निष्ठाको राजनीतिको उनी मुक्तकण्ठले प्रशंसा गर्छन् ।

‘किसुनजी राजनीतिमा रहेर आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्नुहुन्थ्यो, विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उहाँ सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रुपमा समेत स्थापित हुनुभएको छ, अडानमै रहेर उहाँ भारत प्रवासमा पनि जानुभएन, नेपालमै बसेर नेपाल विद्यार्थी सङ्घको स्थापना गर्नुभयो, त्यसबापत थप तीन वर्ष जेलमा बस्नुभयो’, आनन्द अरुणले भने । अहिंसावादी नेताका रुपमा चिनिने महात्मा गान्धीभन्दा पनि भट्टराई  आध्यात्मिक नेताका रुपमा परिचित भएको उनको बुझाइ छ ।

भट्टराईको जन्म शताब्दी वर्षका अवसरमा गत वर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरेर त्यसका अध्यक्ष लोकेश ढकालले निष्ठाको राजनीति र देश विकासमा उनले गरेका योगदानको प्रचार थालेका छन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राज्य, जनता र राजनीतिक दलका लागि ओजिलो र सर्वाधिक रुचिको शब्द हो– लोकतन्त्र । यसको विगत, वर्तमान र भविष्यको चर्चा विश्वव्यापी

लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जनआकाङ्क्षाको

काठमाडौँ – सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक लगानी प्रवर्धन र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै व्यापक नीतिगत,

काठमाडौँ – मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी