"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागार्जुनका मेयर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

प्रकाशित मिति :  29 December, 2024 8:45 pm


काठमाडौँ  – नीतिगत भ्रष्टाचार गरी नौ करोड २२ लाख रुपैयाँको घुस लिएको आरोपमा काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा उनीसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको हो। 

घरजग्गा व्यवसायी राजु कँडेलका कम्पनीहरू पद्मा कोलनी, पद्मा मर्चेन्ट कम्पनी तथा जगतगुरु कृपालु प्रतिष्ठानलाई कानुनविपरीत नगरपालिकाबाट विभिन्न नीतिगत निर्णय गरेर सघाएर त्यसबापत लाभ लिएको अख्तियारको दाबी छ। उनले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँबराबरको लाभ लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। 

यसरी आर्जन गरेको सम्पत्ति लुकाउने उद्देश्यले श्रीमती उर्मिला बस्नेतको नाममा घरजग्गामा लगानीदेखि विभिन्न व्यक्तिलाई भुक्तानी दिएको भन्दै १३ लाख १२ हजार ७३ हजार ३२ रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर गरेको छ। 

अख्तियारले व्यवसायी कँडेलविरुद्ध पनि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोग लगाएको छ। त्यस्तै, मेयर बस्नेतकी श्रीमती उर्मिलाविरुद्ध सम्पत्ति जफतको प्रयोजनका लागि आयोगले प्रतिवादी बनाएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी