"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

प्रकाशित मिति :  30 December, 2024 2:32 pm


एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार १०० वर्षको उमेरमा निधन भएको हो।

समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टी गरेका छन्। उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याहरूसँग पनि लडिरहेका थिए।

उनी अमेरिकाका ३९ औं राष्ट्रपति हुन्। उनले सन् १९७७ देखि १९८१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। इसराइल र इजिप्टबीच सन् १९७८ मा क्याम्प डेभिड सम्झौता गर्न मध्यस्तता गरी मध्यपूर्वमा शान्ति स्थापनाका लागि भूमिका खेलेकोमा उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि पनि उनले कार्टर सेन्टरको नामबाट नेपालसहित विभिन्न देशहरूमा सामाजिक कामहरू गर्दै आएका थिए। गत वर्षको नोभेम्बर १९ मा उनकी श्रीमती रोजालिना कार्टरको निधन भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा