"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

प्रकाशित मिति :  30 December, 2024 2:32 pm


एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार १०० वर्षको उमेरमा निधन भएको हो।

समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टी गरेका छन्। उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याहरूसँग पनि लडिरहेका थिए।

उनी अमेरिकाका ३९ औं राष्ट्रपति हुन्। उनले सन् १९७७ देखि १९८१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। इसराइल र इजिप्टबीच सन् १९७८ मा क्याम्प डेभिड सम्झौता गर्न मध्यस्तता गरी मध्यपूर्वमा शान्ति स्थापनाका लागि भूमिका खेलेकोमा उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि पनि उनले कार्टर सेन्टरको नामबाट नेपालसहित विभिन्न देशहरूमा सामाजिक कामहरू गर्दै आएका थिए। गत वर्षको नोभेम्बर १९ मा उनकी श्रीमती रोजालिना कार्टरको निधन भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ