"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको प्रधानमन्त्रीको स्वीकार

प्रकाशित मिति :  5 January, 2025 8:55 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारको कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको बताएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको स्वीकार गरेका हुन् । 

ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘नयाँ सरकारका यी कामहरू सकारात्मक छन्, तर पर्याप्त भने छैनन् ।’ दुई मुख्य दलको साझेदारी र अन्य दलहरू समेतको सहभागितामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र डेलिभरीको अपेक्षा गरिरहेको समेत ओलीको भनाइ छ ।

एमाले अध्यक्षका रूपमा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा जाजरकोट र रुकुम पश्चिमको पुनर्निर्माणमा काम गर्न नसकेको बताएका छन् । ‘एक वर्ष बितिसक्दा पनि जाजरकोट र पश्चिम रुकुममा पुनर्निर्माणको थालनी नहुनु र असोज दोस्रो साताको बाढीबाट पीडितहरूको पुन:स्थापनामा ढिलाइ हुनु सोचनीय विषय हो,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै विगतदेखि नै आफूले उत्पादन गरेका वस्तुहरूको उचित बजार र उचित मूल्य नपाउने किसानहरूको समस्या समाधान हुन नसक्नु, विकास निर्माणमा अपेक्षित गति नआउनु र सरकारी सेवा प्रवाह, लगानी र व्यावसायिक वातावरणमा अपेक्षित सुधार नआउनु सरकारकासामु तेर्सिएका मुख्य चुनौती भएको पनि ओलीको भनाइ छ । ओलीले भनेका छन्, ‘सरकारले यस दिशामा अपेक्षित परिणाम दिनैपर्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष