"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पछिल्लो ५ महिनामा जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

प्रकाशित मिति :  6 January, 2025 1:12 pm


काठमाडौँ – सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार  चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन् ।

यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन् । २३६ जनाको प्रहरीले उद्धार गरेको छ ।

त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका प्रवक्ता अधिकारीले जानकारी दिए । त्यस्तै बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । ११ जनाको प्रहरीले उद्धार गरेको छ ।

त्यस्तै गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ४ जनाको प्रहरीले उद्धार गरेको छ । भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् भने प्रहरीले २ जनाको उद्धार गरेको छ ।

‘जनावरको आक्रमणमा परेकाहरूको उद्धार र उपचारका लागि एक हजार ८ सय ३५ जना प्रहरी परिचालन गरिएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पछिल्लो समय नेपालका विभिन्न स्थानहरूमा जनावरहरूबाट हुने मानवीय क्षतिका घटनाहरू वृद्धि भएको देखिएको छ । सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सकेसम्म नगई सबैलाई सचेत र सावधान रहन हामीले आग्रह गर्दै आएका छौँ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी