"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक यातायातको बढ्यो भाडा [भाडादर सहित]

प्रकाशित मिति :  6 January, 2025 10:11 pm


काठमाडौँ – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सार्वजनिक यातायातका सवारी साधनका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्दै भाडा बढाइएको हो । 

यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा बजार अध्ययन गरेर श्रमिकहरूको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्राककट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरूमा भएको मूल्यवृद्धिलाई ध्यानमा राख्दै नयाँ भाडादर लागू गरिएको बताएको छ ।

२०७२ को संविधानले सार्वजनिक यातायात व्यवस्था ऐन २०४९को अधिकार प्रयोग गर्दै दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा नयाँ भाडादर आजदेखि ( २०८१ पुस २२) लागू हुने गरी समायोजन भएको हो ।

जसअनुसार यात्रुवाहक सवारी साधनमा ३.३० प्रतिशत वृद्धि हुँदा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.८१ प्रतिशत र तराई मार्गमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.०५ प्रतिशत वृद्धि भएको छ।

नयाँ भाडादर सबै अन्तरप्रदेश छोटो, मध्यम र लामो दूरीका सार्वजनिक यातायातका रूटमा लागू हुनेछ। यसबाहेक तोकिएको भाडामा डिलक्स र सुपर डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप भाडा लिन सक्ने छन् । विभागका अनुसार यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ।

कहाँको भाडा कति ?



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी