"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

प्रकाशित मिति :  4 February, 2025 4:34 pm


काठमाडौंँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नुभएको छ।बालुवाटारस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वास्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गर्नुभएको हो । 

किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई  खोप लगाइने छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारका प्रवक्ता सस्मित पोखरेलले बागमती र त्यसका सहायक नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरू सुरक्षित र व्यवस्थित जीवनतर्फ अघि बढ्न

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले संवैधानिक परिषद् राज्य भएको बताएका छन् । संवैधानिक परिषद्‌मा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँगै

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा