"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ताइस वर्षपछि दिल्लीमा भाजपाको बहुमत सुनिश्चित

प्रकाशित मिति :  9 February, 2025 4:05 pm


काठमाडौँ –  भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो । 

सन् १९९८ पछि लगातार हार बेहोर्दै दिल्ली राजबाट वञ्चित रहेको भारतीय जनता पार्टी यस पटकको विधान सभा निर्वाचनमार्फत आफ्नो बहुमत सुनिश्चित गरेको हो । यसअघि लगातार दुई कार्यकाल दिल्ली शासन चलाएको आम आदमी पार्टीलाई भारतीय जनता पार्टीले पराजित गरेको हो । सो पार्टीका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई नमिठो हार चखाउँदै दिल्ली शासन आफ्नो हातमा पार्न भारतीय जनता पार्टी सफल भएको हो । यो जितसँगै भारतीय जनता पार्टीले अब दिल्लीमा आफ्नो सरकार बनाउने बाटो खुलेको छ । उता आम आदमी पार्टी दिल्लीबाट सत्ताच्यूत भएको छ । 

अन्तिम मतगणना जारी रहँदासम्म भारतीय जनता पार्टीले ४८ सिटमा जित हासिल गरिसकेको छ । आम आदमी पार्टीले मात्र २२ सिट जित्न सकेको छ । आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई भारतीय जनता पार्टीका परवेशसिंह वर्माले हराउनुभएको हो । उहाँले ३० हजार २४ मत पाउनुभयो । केजरीवाल यस पटक २५ हजार ९२५ मतमा सीमित हुनुभयो । 

भारतीय जनता पार्टीका पुराना नेता साहिवसिंह वर्माका छोरा वर्माले केजरीवाललाई हराएपछि उहाँको चर्चा थप चुलिएको छ ।

उहाँ अब दिल्लीको भावी मुख्यमन्त्रीको दाबेदार बन्नुभएको छ । अरबिन्द केजरीवालले हार स्वीकार गर्दै १० बर्से आफ्नो कार्यकाल दिल्लीको पूर्वाधार विकाससँगै धेरै काम गर्न सकेको दाबी गर्दै जनतालाई धन्यवाद दिनुभयो । 

आम आदमी पार्टीका प्रमुख नेताहरू मनिष सिसोदिया, अवध ओझा र बिबी त्यागीलगायतले पनि हार बेहोर्नुभएको छ । दिल्लीमा सन् १९९८ देखि सन् २०१३ सम्म भारतीय कांग्रेस पार्टीले शासन चलाएको थियो । 

त्यसपछि उठेको भ्रष्टाचार मुद्दाका कारण केजरीवालको आम आदमी पार्टीले लगातार दुई शासनकाल राज गर्ने अवसर प्राप्त गरेको थियो । दिल्लीमा बुधबार विधान सभा निर्वाचनका लागि मतदान भएको थियो । शनिबारदेखि मतगणना सुरु भएको हो । सात सय उमेदवार सामेल निर्वाचनमा एक करोड बढी मतदाता रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा