"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारका कार्यसम्पादनका विषयमा उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल

प्रकाशित मिति :  14 February, 2025 10:46 pm


काठमाडौँ – सत्तारुढ कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्‌मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका भएको बैठकमा सरकारले पेस गर्ने अध्यादेशबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले सहकारीसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, निजीकरण (पहिलो संशोधन), आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको थियो । तर राष्ट्रिय सभाबाट भूमिसम्बन्धी अध्यादेश पारित हुने संभावना नभएपछि संसद्‌मा अध्यादेश पेस हुन सकेको छैन ।

जनता समाजवादीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि सरकारले संसद्‍मा अध्यादेश पेस गर्न हच्किएको छ । स्रोतका अनुसार उच्चस्तरीय संयत्र बैठकमा सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । सरकारका निकायबाट अपेक्षित रुपमा काम हुन नसकेको अवस्थामा दुई दलबीच उच्चस्तरमा छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी