"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा प्रधानमन्त्रीसंग प्रश्नोत्तर [पूर्णपाठ]

प्रकाशित मिति :  16 February, 2025 9:11 pm


काठमाडौँ– संसदीय व्यवस्थामा प्रधानमन्त्री को प्रति जिम्मेवारी हुनुपर्छ, सामान्य जबाफ हो संसद्प्रति। संसद्बाट निर्वाचित भएपछि प्रधानमन्त्री संसद्मा उठेका हरेक प्रश्नको जबाफ दिन तयार रहनुपर्छ। सांसदले उठाएका प्रश्नहरूको जबाफ प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूले दिनै पर्ने हुन्छ।

सांसद्ले राखेका प्रश्नको मर्यादित तवरले जबाफ दिनु प्रधानमन्त्रीको दायित्व हो। पूर्वसभामुख अग्नि सापकोटा त प्रधानमन्त्री जहिले पनि प्रश्नावलीको सामना तयार रहनुपर्ने बताउँछन्। उनका अनुसार सांसदहरू जनप्रतिनिधि भएकाले उनीहरू सधैँ जनताप्रति वफादार रहनुपर्छ।

सापकोटाका अनुसार प्रधानमन्त्री संसद् र सांसदप्रति जिम्मेवार रहनु नै संसदीय व्यवस्थाको मूल मापदण्ड हो। यसलाई संसदीय व्यवस्थामा प्राकृतिक सिद्धान्तका रूपमा पनि लिइन्छ। तर, हामी कहाँ भएको व्यवस्थामा कति फरक छ त? वा हाम्रा प्रधानमन्त्री संसद्प्रति कति जिम्मेवार छन्? यसको जबाफ खोज्न अरूतिर जानै पर्दैन।

आइतबार दिउँसो प्रधानमन्त्रीले सांसदलाई दिएको जबाफलाई हेरे मात्र पुग्छ। प्रधानमन्त्री सांसदको प्रश्न कसरी सामना गरिरहेका छन्? किनकि, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम थियो। जुन नियमितरूपमा चल्ने गर्छ।

आज पनि प्रधानमन्त्री सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन रोस्टममा पुगेका थिए। तर उनले दिएका जबाफ चित्तबुझ्दो नरहेको सांसदहरू बताउँछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष