"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुग्दा स्थगित

प्रकाशित मिति :  16 February, 2025 9:32 pm


काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदहरूको संख्या कम्तीमा ६९ हुनुपर्नेमा त्यो नपुग भएको हो ।

सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा विपक्षी रास्वपा सचेतक निशा डाँगीले गणपूरक संख्या यकीन गर्न माग गरेकी थिइन् । संविधानको धारा ९४ बमोजिम गणपूरक संख्या यकीन गर्न उनले माग गरेकी थिइन् । संविधानको उक्त धारामा संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन भन्ने व्यवस्था छ ।

गणपूरक संख्याको प्रश्न उठेपछि सभामुखले तीन मिनेट घण्टी बजाएर गणना गर्न लगाएका थिए । बैठकमा उपस्थित सांसद संख्या ६८ मात्रै रहेको पाइएपछि सभामुखले बैठक स्थगित गरेका थिए ।

रास्वपा सचेतक डाँगीले गणपूरक संख्या यकीन गर्न माग गरेपछि सत्तापक्षका सांसदले उनलाई रोक्न खोजेका थिए । विपक्षका सांसदहरू बाहिर गएकाले गणपूरक संख्या नपुगेको सत्तापक्षका सांसदहरूको भनाइ थियो । जवाफमा डाँगीले गणपूरक संख्या पुर्‍याउने जिम्मेवारी सत्तापक्षको भएको बताइन् । उनले झन्डै दुई तिहाइको सरकार भएको सदनमा गणपूरक संख्या किन नपुगेको हो भनेर जवाफ दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना