"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुग्दा स्थगित

प्रकाशित मिति :  16 February, 2025 9:32 pm


काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदहरूको संख्या कम्तीमा ६९ हुनुपर्नेमा त्यो नपुग भएको हो ।

सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा विपक्षी रास्वपा सचेतक निशा डाँगीले गणपूरक संख्या यकीन गर्न माग गरेकी थिइन् । संविधानको धारा ९४ बमोजिम गणपूरक संख्या यकीन गर्न उनले माग गरेकी थिइन् । संविधानको उक्त धारामा संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन भन्ने व्यवस्था छ ।

गणपूरक संख्याको प्रश्न उठेपछि सभामुखले तीन मिनेट घण्टी बजाएर गणना गर्न लगाएका थिए । बैठकमा उपस्थित सांसद संख्या ६८ मात्रै रहेको पाइएपछि सभामुखले बैठक स्थगित गरेका थिए ।

रास्वपा सचेतक डाँगीले गणपूरक संख्या यकीन गर्न माग गरेपछि सत्तापक्षका सांसदले उनलाई रोक्न खोजेका थिए । विपक्षका सांसदहरू बाहिर गएकाले गणपूरक संख्या नपुगेको सत्तापक्षका सांसदहरूको भनाइ थियो । जवाफमा डाँगीले गणपूरक संख्या पुर्‍याउने जिम्मेवारी सत्तापक्षको भएको बताइन् । उनले झन्डै दुई तिहाइको सरकार भएको सदनमा गणपूरक संख्या किन नपुगेको हो भनेर जवाफ दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ — जेन–जी आन्दोलनकारीले सरकारलाई बुझाएका सम्झौतापत्रमा शहीद परिवार र घाइतेहरूलाई तत्काल राहतदेखि २३ देखि २५ सम्म भएका घटनाको निष्पक्ष

काठमाडौं – जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् ।

काठमाडौँ — अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिएकी छन् ।