"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्ववियु चुनावको कार्यतालिका सार्वजनिक

प्रकाशित मिति :  21 February, 2025 9:35 pm


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामवली दाखिला सोही दिन हुने समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ गते सम्मको समय कायम गरिएको छ । २६ गते मनोनयपत्र वितरण गर्ने समितिले जनाएको छ ।

चैत्र ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनमा भाग लिन संघ, संगठन, समूह दर्ता गर्ने मिति फागुन १९ गतेलाई कायम गरिएको छ । फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ । देशभरका ६४ आंगिकसहित सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्नसक्नेछन् । २५ गते मददाता उपर दाबी विरोध र सोही दिन छानबिन गरी अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिने लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो । क्याम्पसहरुले निर्वाचन समिति गठन गरेर केन्द्रीय कार्यतालिका कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले