"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  11 May, 2026 4:29 pm


काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका वितरण प्रमुख महेन्द्रकुमार दासले चार्जिङ स्तेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले १ लाख ४० हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

‘…चार्जिङ स्टेशनका सञ्चालनका लागि विद्युत लाइन छाडिदिनका लागि नियमानुसार कार्य सम्पन्न भएपश्चात उक्त कार्य गरेवापत सेवाग्राहीसँग घुस रकमको बार्गेनिङ गरी नदिएमा लाइन काटिदिने धम्की दिई १ लाख ४० हजार लिएको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको

काठमाडौं – दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व

काठमाडौँ – नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको