"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री शाहसँग भारतका राजदूत नवीन श्रीवास्तवको शिष्टाचार भेटवार्ता

प्रकाशित मिति :  10 August, 2026 4:00 pm


काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको चार महिनापछि राजदूतसँग एक्लाएक्लै भेटेका हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए।

प्रधानमन्त्री शाहले चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेट गर्दै छन्। शाहले दुई साताअघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो। छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्त्व रहेको सन्देश दिन खोजिएको देखिन्छ।

विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत भेटघाट नगर्ने अडानबीच शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डालाई भेटेका थिए। मासातो तीनदिने भ्रमणका लागि २२ असारमा नेपाल आएका थिए।

प्रधानमन्त्री शाहले सुरुमा राजदूतहरूसँग मात्र नभई भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीहरूसँग पनि एक्लाएक्लै भेट नगर्ने अडान राखेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — वर्तमान सरकारले मुलुकमा शासकीय अराजकता ल्याएको प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगनकुमार थापाले बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका छन्।  नेपाली

काठमाडौँ — विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रवर्तन र आविस्कारलाई सरकारले प्राथमिकता दिएको बताएका

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेकोले अदालतमा प्रतिरक्षा गरिने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति