"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्ने अर्को अवसर प्राप्त भएको छ : सभापति थापा

प्रकाशित मिति :  7 August, 2026 5:01 pm


काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेकोले अदालतमा प्रतिरक्षा गरिने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभापति थापाले पार्टीको विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको पछिल्लो आदेशका सम्बन्धमा २४ गते बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरी धारणा बनाइने समेत बताए।

विशेष महाधिवेशन वैधानिक र ठीक थियो भनेर पुष्टि गर्नका निम्ति फेरि एकपटक अर्को अवसर प्राप्त गरेको उनको भनाइ छ। उनले विधानभन्दा माथि कोही पनि नरहने भएकाले आगामी महाधिवेशन तोकिएकै समय (मंसिरसम्म) सम्पन्न गर्नुपर्ने वैधानिक दायित्व र बाध्यता रहेको स्पष्ट पारे।

कार्यकर्ता÷शुभेच्छुकहरूले राखेको भरोसालाई टुट्न नदिई पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर लैजाने उनले बताए। सभापति थापाले सबैलाई सम्हालेर लैजाने कोसिस गर्नुपर्छ भन्नेतर्फ आफू सचेत रहेको बताए। साथै उनले नेपालमा नयाँ सरकार बनेको अवस्थामा प्रतिपक्षका रूपमा खबरदारी गर्ने र संविधानप्रतिको संवेदनशीलता जोगाउने दायित्व रहेको उल्लेख गरे।

संविधान संशोधन गर्दा यसको संवेदनशीलतालाई बुझ्न नसके नेपाल कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने उनको भनाइ छ। सभापति थापाले संविधान संशोधनमा सरकारको बुझाइले देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्ने भएकाले कांग्रेसले निरन्तर दबाब र खवरदारी गर्ने जिकिर गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेसका केही जिल्लामा भएको घटना छानबिन गर्न

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको

काठमाडौँ- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गरेको छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको पूर्वतयारी र

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ