"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार शासकीय क्षमतामा पूर्ण असफल भएको कांग्रेसको दाबी

प्रकाशित मिति :  5 August, 2026 5:15 pm


काठमाडौं — प्रमुख प्रतिपक्षी दल कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ । समसामयीक विषयका सम्बन्धमा काग्रेसको धारणा सार्वजनिक गर्न पार्टी कार्यालय सानेपामा आयोजित बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले यस्तो आरोप लगाएको हो ।

जारी विज्ञप्तिमा प्रवक्ता देवराज चालिसेले सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको संकटबाट ग्रस्त रहेको आरोप लगाएका छन् । सरकार आफ्ना कमजोरीबाट जनताको ध्यान मोड्न विषयान्तर गर्न लागेको उनको भनाइ थियो ।

कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिनका लागि सरकारी समितिको सट्टा स्वतन्त्र उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । २३–२४ भदौका घटनामा पनि सबै पक्षले स्वीकार गर्ने स्वतन्त्र आयोग गठन गर्नुपर्ने र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा कांग्रेसले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप, राहदानी खरिद प्रक्रिया, प्रतिनिधिसभा नियमावली, भ्रष्टाचारका मुद्दामा दोहोरो मापदण्ड, गृहमन्त्रीसम्बन्धी विवाद, सुकुम्बासी समस्या, निजी क्षेत्रमाथिको दबाब, मल अभाव, एलपी ग्यास संकट, शिक्षा क्षेत्रको अव्यवस्था तथा सरकारका विभिन्न सम्झौता कार्यान्वयन नगरेको विषय उठाएको छ ।

कांग्रेसले सरकारले राजनीतिक स्टन्टभन्दा पारदर्शिता र जवाफदेहितामार्फत जनविश्वास पुनःस्थापित गर्नुपर्ने बताएको छ । अन्यथा इतिहासले वर्तमान सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा मूल्यांकन गर्ने चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १०