"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले टुङ्ग्यायो २६ क्षेत्रको लागि उम्मेदवार [सूचीसहित]

प्रकाशित मिति :  19 January, 2026 7:36 pm


काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लाको टिकट वितरण करिब करिब टुङ्ग्याएको हो । त्यस्तै अन्य जिल्लाहरूको टिकट समेत टुङ्गो लगाउँदै गएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले अगाडी बढेको बताएका छन्।

‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,’ थापाले भनेका छन्, ‘भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’

पार्टीभित्र देखिएका छलफल र निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै सभापति थापाले भोलिदेखि सबै नेता–कार्यकर्ता आ–आफ्नो क्षेत्रमा गएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्।

यी क्षेत्रमा कांग्रेसले टुङ्ग्यायाे उम्मेदवार (सूचीसहित)

जुम्ला : दिप बहादुर शाही

सल्यान : केशबहादुर विष्ट,

हुम्ला : जयपति रोकाय,

डोल्पा : कर्णबहादुर बुढा,

दैलेख-२ : दिक्पाल शाही

दैलेख-१: बासना थापा

मुगु : खडक बहादुर शाही

कालिकोट : हर्ष बम

बाजुरा : जनकराज गीरि

रसुवा : मोहन आचार्य

म्याग्दी : कर्णबहादुर भण्डारी

मोरङ ३ : शुनिल शर्मा

अछाम-१ : भरतकुमार स्वाँर

अछाम–२ : पुष्पबहादुर शाह

बैतडी : चतुर बबहादुर चन्द

रूकुम पूर्व : कुसुम थापा मगर

रोल्पा : डा. सुदनकुमार वली

बाग्लुङ-२ : टेकराज पौडेल

प्यूठान : डा. गोविन्दराज पोखरेल,

काठमाडौं ३ : दुजाङ शेर्मा,

पाँचथर : नरेन्द्र केरुङ,

तेह्रथुम : सन्तोष सुब्बा,

धनकुटा : दिनेश राई,

इलाम १: निश्कल राई,

ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ

गुल्मी १ : डा. चन्द्र भण्डारी



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १०

काठमाडौं – सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ

काठमाडौँ – विश्वकप लिग टूमा आगामी जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाका लागि ४८ खेलाडीलाई प्रारम्भिक छनोट गरिएको छ। नेपाल क्रिकेट संघ

काठमाडौं – संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय