"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल तेस्रोपटक टी–२० विश्वकपमा

प्रकाशित मिति :  15 October, 2025 10:41 pm


काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १० औँ संस्करणमा नेपालले स्थान सुनिश्चित गरेको हो।

योसँगै नेपाल टी–२० विश्वकपमा तेस्रोपटक छनोट भएको हो। गत वर्ष विश्वकप खेलेको नेपाल त्यसअघि सन् २०१४ मा पनि विश्वकपमा सहभागी भएको थियो।

बुधबार सुपर सिक्सको खेलमा यूएईले सोमाओविरूद्ध ७७ जित निकालेसँग नेपाल लगातार दोस्रोपटक विश्वकपमा पुग्न सफल भएको हो। नेपालले दुई खेलअगावै विश्वकपमा स्थान सुनिश्चित गरेको छ।

गणितीय समीकरणअनुसार यदि सामोआसँग यूएई पराजित भएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अकंको आवश्यकता रहन्थ्यो। तर, खेलको नतिजा यूएईको पक्षमा गएसँगै नेपाललाई फाइदा पुगेको हो।

यो नतिजासँगै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ। बुधबारै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हरायो। नेपाल र ओमानले हाल तीन खेलबाट ६ अंक जोडेका छन्। यूएईको चार अंक रहँदा जापान र कतारको समान दुई अंक छ।

अब अन्तिम खेल यूएई र जापानबीच हुनेछ। यो खेलले विश्वकपमा पुग्ने तेस्रो टोलीको टुंगो लगाउने छ।

नेपालले बुधबार नै सुपर सिक्सको आफ्नो तेस्रो खेल ओमानसँग खेलिरहेको छ। विश्वकप छनोट प्रतियोगितामा नेपाल अहिलेसम्म अपराजित रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रमुख प्रतिपक्षी दल कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ । समसामयीक

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको