"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल तेस्रोपटक टी–२० विश्वकपमा

प्रकाशित मिति :  15 October, 2025 10:41 pm


काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १० औँ संस्करणमा नेपालले स्थान सुनिश्चित गरेको हो।

योसँगै नेपाल टी–२० विश्वकपमा तेस्रोपटक छनोट भएको हो। गत वर्ष विश्वकप खेलेको नेपाल त्यसअघि सन् २०१४ मा पनि विश्वकपमा सहभागी भएको थियो।

बुधबार सुपर सिक्सको खेलमा यूएईले सोमाओविरूद्ध ७७ जित निकालेसँग नेपाल लगातार दोस्रोपटक विश्वकपमा पुग्न सफल भएको हो। नेपालले दुई खेलअगावै विश्वकपमा स्थान सुनिश्चित गरेको छ।

गणितीय समीकरणअनुसार यदि सामोआसँग यूएई पराजित भएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अकंको आवश्यकता रहन्थ्यो। तर, खेलको नतिजा यूएईको पक्षमा गएसँगै नेपाललाई फाइदा पुगेको हो।

यो नतिजासँगै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ। बुधबारै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हरायो। नेपाल र ओमानले हाल तीन खेलबाट ६ अंक जोडेका छन्। यूएईको चार अंक रहँदा जापान र कतारको समान दुई अंक छ।

अब अन्तिम खेल यूएई र जापानबीच हुनेछ। यो खेलले विश्वकपमा पुग्ने तेस्रो टोलीको टुंगो लगाउने छ।

नेपालले बुधबार नै सुपर सिक्सको आफ्नो तेस्रो खेल ओमानसँग खेलिरहेको छ। विश्वकप छनोट प्रतियोगितामा नेपाल अहिलेसम्म अपराजित रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ

काठमाडौँ – विश्वकप लिग टूमा आगामी जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाका लागि ४८ खेलाडीलाई प्रारम्भिक छनोट गरिएको छ। नेपाल क्रिकेट संघ

काठमाडौं – संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने